घैटेलाई इन्काउन्टर गरिएको ठिक अगाडीको घर देखाउँदै उनका आफन्तले यही हो घैटेको घर भनेर देखाए । मैले जब घर हेरेँ । म तीन छक्क परँे । मैले सोचेको भन्दा ठिक उल्टो दृश्य त्यहाँ देखिएको थियो । अकृत सम्पत्ति कमाएका व्यक्ति त्यसमाथि डन यति सामान्य घरमा बस्छन् ? पुरानो एक तलाको कच्ची घरमाथि जस्ताले छाएको भूकम्पबाट जोगिएको घर । हामी सानो निलो गेटबाट भित्र पस्यौ । लेउ लागेर एकदमै चिप्लोबाटो ।
‘बिस्तारै हिडनुहोस् है, बाटो निक्कै चिप्लो छ’ त्यहाँ उभिएकी एकजना महिलाले हामीलाई सम्झाइन् । एउटा लिखुरे कुकुर पनि खोरमा थियो । मालिक मारिएकोले हो की कुकुर पनि सुस्त थियो । हामी घरभित्र प्रवेश ग¥यौ । हामीले डन कुमार घैटे बस्ने कोठा हे¥यौ । (हेर्न तस्वीर) । पुलिसको खानतलासीले कोठामा सामानहरु छरपष्ट थिए । होचो कोठा, पानीले ओस्सिएको भित्ताहरुबाट माटोको जस्तो गन्ध आईरहेको थियो । दुई दराज र एउटा बेडमात्र अटाएको कोठाको झ्यालमा रहेको फोटोमा यसपटक कुनै डनको गर्जन होईन मलिन अनुहारमा उनी आफ्ना गल्ती सम्झिँदै टोलाएको जस्तो देखिन्थ्यो । पर्दामा केही कार्यक्रमका व्याचहरु झुण्ड्याईएका थिए । डनको यस्तो बसाई जसको नाम सुन्ने वित्तिकै बाहिर मान्छेहरु पैसा र पेस्तोलको व्यक्ति सम्झेर तर्सिन्छन् । अचम्म लाग्यो । फेसबुकमा पैसाको बिटा अगाडि बसेर पोज दिने घैटेले आखिर त्यत्रो अकुत सम्पत्तिले के के गरेछन् । कहाँ लुकाई राखेका होलान् त ? अनि किन यति असुरक्षित घरमा र यति असुरक्षित पाराले बसेका होलान् उनी ? प्रश्नप्रश्नै बोकेर फर्कियौं ।
साभार अनलाइन पत्रिका
तस्बिर -पारश बिक्रम शाह
0 comments:
Post a Comment