Monday, August 24, 2015

कर्फ्यु तोड्ने प्रयास गरेपछि टिकापुरमा हवाइफायर


कैलालीको टीकापुरमा प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गरेपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।
जलुस निकालेर प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गरेपछि प्रहरीले भीड नियन्त्रणमा लिन चार राउन्ड हवाइ फायर गरेको हो।
टिकापुर अस्पतालमा रहेका सोमबार मारिएका सुरक्षाकर्मीको शव उठाउन खोजेपछि मृतकका आफन्त तथा स्थानीय प्रदर्शनमा उत्रिएका थिए।
उनीहरुले अस्पताल घेराउ गरी नाराबाजी गरेका थिए।
टिकापुरमा अहिले नेपाली सेना, सशस्त्र प्रही र नेपाल प्रहरी परिचालन गरिएको छ भने सेनाले हवाइ गस्ती समेत गरििरहेको छ।

0 comments:

Post a Comment