प्रतिष्ठित भेनिस फिल्म फेस्टिबलमा छानिएको नेपाली फिल्म ‘कालो पोथी’को फस्ट ट्रिजर आउट गरिएको छ । ४५ सेकेन्डको ट्रिजरले फिल्मको मुख्य बिषय र कथा लाई प्रस्ट पारेको छ । ट्रिजर हेर्दा संकटकालको समयमा बिशुद्ध नेपाली गाउले जीवन र मौलिक कथा नै फिल्मले बोकेको बुझ्न सकिन्छ । बताइएअनुसार दुई बालकको मित्रताको कथा नै कालो पोथी हो । फिल्मलाई मीनबहादुर भामले निर्देशन गरेका हुन । छिरिङ रितार शेर्पाको निर्माण रहेको फिल्ममा चिनिएकी अनुहार बेनिशा हमाल छिन । अन्य कलाकार अधिकांश नया छन । कालो पोथी भेनिस फिलम फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुदैछ । फेस्टिभलको क्रिटिक्स सप्ताहमा फिल्म प्रदर्शन हुनेछ । नेपालमा भने फिल्मको रिलिज तय भएको छैन ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment