रुकुम, श्रावण २४ । संघीय प्रदेश विभाजनका क्रममा जिल्ला टुक्र्याएको भन्दै रुकमका जनताले विरोध प्रदर्शन गरेका छन् । दलहरुले हचुवाको भरमा रुकुम जिल्लालाई दुईतिर बाँडेको आरोप लगाउँदै उनीहरुले सहमति खारेजको माग समेत गरेका छन् । चार दलबीच शनिबार मध्यराती भएको सहमति अनुसार रुकुमको पूर्वी भेग प्रदेश नं. ५ र पश्चिमी भेग प्रदेश नं. ६ मा राखिएको छ । रुकुमेली जनताले पूर्वी रुकुमको बुकी पाटन, सिस्ने हिमाल, कमलदह, स्यार्पु ताल, सानीभेरी हुदै चौरजहारी फाँट सम्मको भूभाग नटुक्र्याई एउदै प्रदेशमा राख्न माग गरेका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment