Wednesday, August 19, 2015

कुन अनुहारमा कस्तो चस्मा सुहाउँछ?


काठमाडाैं भदाै ३
लेन्स छान्दा ध्यान दिनुपर्ने कुराहरु
अहिलेका बालबालिका र युवायुवतीलाई चश्माको आवश्यकता पर्दछ किनभने तिनिहरुलाइ धरै लेख्न,पढन् पर्छ । मोवाइलमा गेम खेल्ने, कम्प्युटरमा केही किक्ने अनि धेरै टिभी हेर्ने  जस्ता कामहरुले आँखालाइ असर त पार्छ नै । 
 
विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत मानिसहरुलाई तथा ४० वर्ष नाघेका सबै मानिसलाई, चश्माको आवश्यकता पर्दछ । यी त भए दृष्टि कमजोर भएर चश्मा लगाउन पर्नेहरु । अझ फेशन वा सुरक्षाका लागि चश्मा लगाउने हरु त निकै छन् ।
 
विकसित देशहरुमा करिब आधा मानिसहरुले यो सेवा प्राप्त गरसिकेका छन् भने अन्य विकासोन्मुख तथा अविकसित राष्ट्रहरुमा गतिलो आँखा स्वास्थ्य उपचारको अभावमा केवल करीब १० प्रतिशतले मात्र यो सुबिधा प्राप्त गरेका छन् । ति मध्ये पनि धेरैले राम्रो चश्माको ख्यालै गरेका हुँदैनन् । 
 
कोही चश्मा लगाउने मान्छेहरु यती राम्रा दसेखन्छन् की ओहो आफुलाई पनि त्यस्तै चश्मा लगाउन मन लाग्छ । चश्माले मानिसको व्यक्तित्वको पहिचान गर्छ । तर  कसैलाई चश्मा फिटिक्कै सुहाँउदैन । हो यो उनीहरुले राम्रो चश्मा छान्न नजानेर हो । यही कुरालाई मध्ये नजर राखेर यहाँ कस्तो मान्छेले कस्तो चश्मा लगाउनु पर्छ भन्ने कुरामा वैज्ञानिक तर्क सहित स्पष्ट पार्न खोजिएको छ ।  
 
तपाई चश्मा अडर गर्न अप्टिकलस्मा जानु अघि एक पटक सोच्नुहोस् – तपाईको आँखा कसले जाँचेको हो ? कतै २, ४ महिना गरेको तालिमको भरमा डाक्टर बनाँउदा हरुले गरेका त होईनन् ? चश्माकै कुरा गर्ने हो भने तपाई सकेसम्म दृष्टि बिषेशज्ञको मा नै पुग्नुहोस् ।
 
यदी तपाईले नेत्र रोग बिषेशज्ञ भेट्नुहुन्छ भने पनि राम्रै हो । अहिले नेपालमा राम्रा दृष्टि बिषेशज्ञ भेटाउन त्यती गाह्रो छैन । उनीहरुले तपाईको आँखाको पावर मात्र चेक गर्ने हैनन् किन यस्तो भयो, कहिले सम्म यस्तो हुन्छ आदी कुराहरुको बारेमा बताइदिन्छन् ।
 
अब तापाईको ध्यान चश्माको फ्रेममा केन्द्रित हुनुपर्छ । फ्रेम तिन किसिमका हुन्छन् : काठ, धातु र प्लास्टिक । बिभिन्न काठबाट बनाइएका फ्रेमहरु अति हलुका र निकै राम्रा हुन्छन् तर यी महंगा मात्र हुने हैनन् हाल नेपालमा भेटाउन पनि गाह्रो छ ।
 
धातुहरुमा सुनलाई अतिनै उत्तम मानिन्छ तर यो झनै महंगो हुने हुनाले प्रयोगमा छैन । अरु धातुहरुमा आलुमुनियम, टिटानियम हाल प्रयोगमा आएका धातुहरु हुन् । भिन्न भिन्न रंगका मसिना प्लास्टिकका फ्रेमहरुको निकै चल्ति बढेको छ ।
 
यदी तपाईको लेन्स सिसाको छ भने धातु–प्लास्टिकको फ्रेम नै सजिलो र राम्रो मानिन्छ । यदी तपाई गोरो अनुहारको हुनुहुन्छ भने खैरो रंगको राम्रो देखिन्छ तर गँहुगोरो मान्छेलाई पारदर्शक फ्रेम आकर्षक मानिन्छ ।
 
तपाईलाई कस्तो फ्रेम सुहाँउछ भन्ने कुरामा तपाईको अनुहारको बनोट नाकको बनावट तथा साइज तथा तपाईको कपालको स्टाइलमा पनि भर पर्छ । चारपाटे तथा गोलो अनुहार हुनेहरुलाई चारपाटे चश्मा राम्रो देखिन्छ तर लाम्चो अनुहार छ भने अलि बढि चौडा भएको चश्मा सुहाँउछ किनकी यसले भद्घा लाम्चो अनुहारलाई घटाईदिन्छ ।
 
ओभल आकारको अनुहार हुनेहरुलाई भने जस्तो फ्रेम पनि मिल्छ । यदि तपाईको नाक लामो छ भने २ लेन्स बिचको भाग अलि छोटो हुनुपर्दछ र अलि तलतिर अड्ने खाले हुनुपर्दछ । तर नाक छोटो छ भने नाकको शिरानमानै अडेस लाग्ने खाले हुनुपर्दछ ।
 
चश्माको माथीको भाग र तपाईको आँखी भौं समानान्तर हुनुपर्दछ तर यदी समानान्तर बनाउन नमिल्ने भएमा आँखी भौं नै चश्माले छोप्ने खाले हुनुपर्दछ । तपाईले नाकमा चश्माको पोजिशनलाई फेरबदल गरेर यो मिलाउन सक्नुहुन्छ ।
 
कपाल खौरिएको वा छोटो भएको मान्छेलाई मसिनो, हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल हुनेहरुलाई मध्यम स्तरको फ्रेम आकर्षक हुन्छ । ठिक्कको छोटो छोटो कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेम सुहाउने हुन्छ । 
 
याद राख्नुहोस् तपाईले चश्मा लगाँउदा यसले गालामा, आँखी भौंमा र कन्चटमा छोएको हुनुहुदैन । राम्रोसँग फिटिङ्ग भएको चश्माले तिनवटा प्वाईन्टमा मात्र छोएको हुनुपर्दछ – नाकमा र दुईटा कानको पछाडीको माथीपट्टिको भागमा । तपाईको पछाडीबाट हेर्दा चश्माको खुट्टा नदेखिने हुनु पर्छ ।
 
यदी बच्चाले लगाउने हो भने टेम्पल अगाडीतिर बांगिएको   (कम्फोर्ट केबल) हुनुपर्छ । तपाईको चश्माको माथीको भाग जहिलेपनि ५–१० डिग्री अगाडी ढल्केको हुनुपर्छ । यदी तपाई माइनस पावरको चश्मा लगाउदै हुनुहुन्छ भने चश्माले गर्दा तपाईको आँखा सानो देखिन्छ । अतः मसिनो तर चहकिलो मेकअप लगाउनुहोस् । त्यस्तै यदी तपाई प्लस पावरको चश्मा लगाउँदै हुनुहुन्छ भने बाक्लो गाजल लगाँउदा राम्रो देखिन्छ । 
 
अब आयो तपाईको लेन्स छनौट गर्ने काम । यदी गतिलो लेन्स भएन भने धमिलो मात्र देखिने हैन ईन्द्रेणी देखिने, बांगोटिंगो देखिने वा थोरै क्षेत्र मात्र देखिने हुन सक्छ । अतः लेन्स छान्न निकै होशियार हुनुहोस् । फ्रेम छान्न जान्नु भएन भने अनुहार मात्र नराम्रो देखिन्छ तर लेन्स छान्न जान्नु भएन भने तपाईको आँखालाई नै असर गर्न सक्दछ । त्यसैले  लेन्स छान्न निम्न कुराहरुमा ध्यान दिनुहोस् ।
 
१. चश्माको पावर ठूलो छ भने तपाई प्लास्टिकको लेन्स तर्फ आँखा बढाइहाल्नुहोस् । प्लास्टिक पनि स्कार्च रेसिस्टेन्ट लेपन भएको हुनुपर्दछ । चश्माको साईज सानो बनाउँदा राम्रो देखिन्छ । 
२. ठूलो पावरको चश्मा लगाउनेहरुले आँखाबाट चश्माको दुरि जति सक्यो त्यती नजिक राख्नु पर्दछ । 
३. खेल्दाखेरी चश्मा लगाउने हो भने पोलिकार्वोनेट प्लास्टिकको रोजिहाल्नुहोस् । यसले तपाईको आँखाको सुरक्षा गर्दछ  यस्ता चश्माहरु अलि ठुलो साईजको हुनुपर्दछ । चञ्चले बच्चाहरुलाई पनि यस्तै चश्मा बनाई दिनुहोस् ।
४.  तपाईं धेरै जसो घाममा काम गर्नुहुन्छ या घाममा हिडिराख्नुपर्नेछ भने फोटाक्रोमिक वा यु भी. फिल्टर चश्मा लगाउनुहोस् ।
 
५. यदि तपाईं चालिसेको ( बाई फोकल) चश्मा लगाउदै हुनु हुन्छ भने नजिक हेर्ने भाग र टाढा हेर्ने भाग ठीक दुरीमा राखिएकोहुनुपर्छ । लेन्सको साईज पनि ठूलो चाहिन्छ । अन्यथा तल माथी देखिने वा दुईवटा देखिने हुन सक्दछ ।
६. चाहे चश्मा जस्तो सुकै छान्नुहोस् , जहिले पनि आँखाको केन्द्र र चश्माको मध्य विन्दु एउटै लाईनमा परेको हुनु पर्दछ ।
आजकल धेरै जसो मानिसले विभिन्न प्रयोजनका लागि पावर नभएका चश्मा ( गगल्स) लगाएका हुन्छन । गगल्स लगाउँदा पनि धेरै कुरामा विचार पु¥याउनु पर्ने हुन्छ ।
क.  तपाई आँखालाई चोट पटकबाट बचाउन गगल्स लगाउँदै हुनुहुन्छ भने पोलि कार्बोनेट प्लाष्टिकको चश्मा लगाउनुहोस् ।
ख.  धुँवा धुलो साधारण गगल्सले पनि छेक्दछ तर ठूलो साईजको हुनुपर्दछ ।
ग.  घामबाट बच्न गगल्स लगाउँदै हुनुहुन्छ भने कि त फोटो क्रोमिक की यू भी. फिल्टर गगल्स प्रयोग गर्नुहोस् । हाल बजारमा पाईने धेरै जसो काला चश्माहरुले यस्तो काम गर्र्दैनन् ।
घ.  कलर भिजन कमजोर मान्छेहरुले पनि कलर इनहान्सिङ गगल्स लगाउन सकिन्छ ।
ङ.  चश्माको सुरक्षा सफाई पनि गरि रहनुपर्दछ । एकदमै कोतरिएको छ भने लेन्स फेर्नु पर्ने हुन सक्छ । त्यस्तै आँखा जाँच गरेको एक वर्ष पुगिसकेको छ भने फेरि जाँच गरेर पावर फेर्दा राम्रो हुन्छ।

0 comments:

Post a Comment