बुटवल, ३ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवामा आज बिहानैदेखि तनावको स्थिति भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रजिअ विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो । निषेधाज्ञा सदरमुकाम भैरहवाको पूर्वमा वसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
0 comments:
Post a Comment