महाराष्ट्र–यसलाई तपाइले विचित्रको घटना भन्नु भयो भने फरक पर्दैन । महाराष्ट्रको चन्द्रापुर जिल्लाको राजुरामा प्रहरीले घरमा पालेको सुंगालाई पक्राउ गरेको छ । सो सुंगामाथि छिमेकी महिलालाई गालीगलौज गरेको आरोप लगाइएको छ।
पीडित महिलाले प्रहरीमा उजुरी दिँदै सुँगाको मालिकले अपशब्दसहितको गाली दिन सुँगालाई तालिम दिएको बताइएकी छिन् । ८५ वर्षीया जनाबाई सारखरकरले सो सुंगा उनको सौतेनी छोराको भएको बताएकी छिन् । आमा छोरा अहिले छुट्टा छुट्टै घरमा बस्छन् । अहिले सम्पत्तिको विषयलाई लिएर अदालतमा मुद्दासमेत चलिरहेको छ ।
भारतीय संचारमाध्यमका अनुसार ८५ वर्षीया सौतेनी आमाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले सौतेनी आमा छोरा र सुँगालाई प्रहरी कार्यालय बेलाएको थियो । तर, प्रहरी देख्नासाथ सुँगा यति सचेत भयो की उजुरीकर्ता महिला नजिकै आएपछि सुँगा एक शब्द्ध पनि बोलेन ।
सो घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक पी एस डोंगरेले महिला र उनको सौतेनी छोराबीच सम्पत्तिको विवाद चल्दै आएको छ । प्रहरी कार्यालयमा आरोपित सुँगामाथि धेरैबेरसम्म निगरानी गरियो तर, उसले उजुरी दिने महिलाका विरुद्ध एक शब्द्ध पनि बेलेन । धेरै बेरसम्म सुँगाले केही नबोलेपछि सुँगालाई वन विभागको जिम्मा लगाइएको छ ।
0 comments:
Post a Comment