Saturday, August 22, 2015

संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा


काठमाडौं-पूर्व मिस नेपाल सेकेन्ड रनर अप संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा देखिदैछिन्। आगामी भदौ १४ मा सोनी टेलिभिजनमा प्रिमियर हुनलागेको '२०२५ जाने क्या होला आगे' नामक सिरियलमा उनी देखिन लागेकी हुन्।

मिस नेपाल २०१० की सेकेन्ड रनर अप तिम्सिना मिस अर्थ २०१० को उपाधी समेत जितेकी छिन् । टेलिसिरियलमा मुख्य भूमिकामा देखिन लागेकी संयुक्तालाई मराठी अभिनेता केन्नी देसाई, सुनिल बर्भ र लुब्ना सलिमले समेत साथ दिएका छन्। पारिवारिक टेलिसिरियलमा निशा नामक भूमिकामा देखिन लागेकी २४ वर्षे संयुक्ताले थ्रीडी हलोग्राममार्फत मरिसकेकी आमालाई पूर्नजन्म दिँदैछिन् ।

0 comments:

Post a Comment