Saturday, August 29, 2015

उपत्यकामा आँखाको डरलाग्दो रोग


आँखाको भित्री भागमा संक्रमण भइ ज्योतिसमेत गुम्न सक्ने डरलाग्दो सापु रोग यसपटक पनि देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
राजधानीको तिलगंगा आँखा प्रतिष्ठानमा दुई साता यता ६ जनाभन्दा बढी सापु रोगका बिरामीको उपचार भएको छ। त्यसमध्ये ५ जना बालबालिका छन्। प्रतिष्ठानका अनुसार अघिल्लो वर्ष मंसिरदेखि माघसम्म देखापर्दै आएको रोग यो वर्ष भने भदौ नलाग्दै देखापरेको छ। सुरूसुरूमा वर्ष विराएर देखा परेपनि पछिल्लो वर्षदेखि यो रोग नियमित देखापरेको छ।
यो सँधै देखिने रोग होइन। कहिलेकाही देखिने रोग हो, साह्रै खतरनाक पनि,’प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्,‘ अघिल्लो वर्षहरूमा मंसिरदेखि देखिन्थ्यो यो पटकध साउनदेखि देखापरेको छ।’

0 comments:

Post a Comment