लण्डनमा भएको विमान दुर्घटनामा परी अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदा ओसामा बिन लादेनकी सौतेनी आमा र बहिनीको मृत्यु भएको छ। आफ्नो निजी विमान लण्डनको बाहिरी इलाकामा ल्याण्डिङको क्रममा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार साँझ लण्डन नजिकै ह्याम्पशायर नजिकैको सिमानास्थित ब्ल्याकबुश विमानस्थलमा रनवेभन्दा नजिकैको 'ब्रिटिश कार अक्शन' को पार्किङमा विमान बजारिएको थियो। दुर्घटनापछि सो क्षेत्रमा आगो लागेको थियो। उक्त विमानमा जोर्डनका पाइलटसहित लादेनकी सौतेनी आमा र बहिनीसहित चार जना सवार थिए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment