Sunday, August 9, 2015

सुनको मूल्य २ सयले बढ्यो


काठमाडौं, श्रावण २४ । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको सुनको मूल्य आइतबार सामान्य दरले उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन प्रतितोला २ सय रुपैयाँले उकालो लागि ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्ला ५ दिनदेखि सुनको मूल्य तोलाको ४७ हजार ५ सयमा स्थिर थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर ६ सय ६५ मा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस एक हजार ९४ डलरको हाराहारीमा कारोबार भइरहेको थियो ।

0 comments:

Post a Comment