केही बैंकहरुले ६ दशमलव ९९मा अटोलोन प्रदान गरेको जानकारी दिएका छन् । प्रभु बैंक र लुम्बिनी बैंकले भने १३ प्रतिशत ब्याजदरमा अटोलोन प्रदान गरेका छन् । जुन अन्य बैंकहरुको तुलनामा महंगो ब्याजदर हो। केहि वर्ष यतादेखि कार खरिद गर्नको लागि बैंकबाट अटोलोन लिनेको संख्या ठुलो मात्रामा वृद्धि भएको छ।
अटोलोन लिनेको संख्यामा वृद्धि भइरहँदा बैंकहरुबिच कम ब्याजदरमा अटोलोन प्रदान गर्ने होडबाजीनै चलेको छ।
नाडा अटो सोमा विभिन्न बैंकहरुले यस्तो ब्याजदर कायम गरेका छन्।
एनएमबि बैंक ६.९९%
यती बैंक ९.९९%
माछापुच्छे बैंक ७.९९ %
राष्ट्रिय बाणिज्य बैंक १२ %
नबिल बैंक ८.५ %
इन्भेष्टमेन्ट बैंक १२ %
स्टायण्डर्ड चार्टड बैंक ८.५ %
हिमालय बैंक ९%
एसबिआई बैंक ८.७५ %
बंगलादेश बैंक ८.७५ %
एभरेष्ट बैंक ८.७५ %
बैंक अफ काठमाडौं बैंक १० %
एनसिसि बैंक ७.९९ %
लक्ष्मी बैंक ८.७५
सिद्धार्थ बैंक १० %
सिटिजन्स बैंक ९%
प्राइम बैंक ९%
सनराइज बैंक ९%
ग्राण्ड बैंक ९%
जनता बैंक १२ %
सानीमा बैंक ८.९९ %
एनआइसि एसिया बैंक ९%
प्रभु बैंक १३ %
लुम्बिनी १३ %
सिभिल बैंक ९.५%
के के कागजात चाहिन्छ अटोलोन निकाल्न ?
अटोलोन लिन चाहनेले सर्वप्रथमत गाडी विक्रेताकोमा गएर अनिवार्य रुपमा रकम तिर्नुपर्दछ। अनिवार्य रुपमा तिर्नुपर्ने रकम तिरेपछि मात्रै अन्य बाँकी रकमको लागि मात्रै अटोलोनबाट गाडी खरिद गर्न सकिन्छ।
अनिवार्य रकम तिरेपछि गाडी विक्रेताले कोटेशन सहित बैंकको कर्जा माग फाराम भर्नुपर्दछ।
फाराम भर्नेे बेलामा नागरिकताका फोटोकपी, फोटो २ प्रति र आम्दानीको स्रोत खुल्ने कागजात अनिवार्य रुपमा हुनुपर्दछ। बैंकमा चल्ती खाता खोलेपछि बैंकले ऋणीसँग ऋणको तमसुक गराउँछ । त्यसपछि बैंकले उक्त बिक्रेता कम्पनीलाई डेलिभरी अर्डरको चिठ्ठी पठाउँछ। विक्रेता कम्पनीले डेलिभरी अर्डरको चिठ्ठी पाएपछि उक्त गाडी ऋणीलाई प्रदान गर्दछ।
0 comments:
Post a Comment