सिरहा, भदौ ३० - सिरहामा सेनाको ट्रक दुर्घटना हुँदा २ जना सैनिकको ज्यान गएको छ । लाहानबजारबाट चामल लिएर चोहरवाको नयाँ गोरखगणका लागि छुटेको बा १ ग १९ १३ नम्बरको ट्रक गोलबजार ३ मा दुर्घटना भएको हो ।
दुर्घटनामा परि सिपाही शालीग्राम सिलवाल र कृष्ण घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते १२ जनाको गोलबजार र लहानमा उपचार भैरहेको छ ।
0 comments:
Post a Comment