Sunday, September 6, 2015

चाँहिदैन मलाई ‘छोरो मार्ने संघीयता’



काठमाडौं, भदौ २१  ।  संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबाट मारिएका नौवस्ता–२, बाँकेका करण सिंहकी आमा रुँदैरुँदै जिल्ला प्रशासन आइन् । शव बुझ्न आग्रह गर्दै बोलाइएको बैठकमा आएकी करणकी आमा कृष्णाले भनिन्, “मेरो छोरो संघीयताले खायो, आन्दोलन नभएको भए यस्तो हुँदैनथ्यो ।” १९ भदौमा मोटरसाइकलमा चढिरहेका करणलाई आन्दोलनकारीले ढुंगा प्रहार गरी हत्या गरेका थिए ।

संघीयता र जातीयताको आन्दोलन चलाएर आफ्नो छोराको हत्या गरिएको उनले दुखेसो गरिन् । उनले भनिन्, “दोषीलाई कार्बाही नगर्न नेताहरु लागेको सुन्छु, यसले झनै मन दुख्छ ।”
श्रीमानको हत्या भएपछि अहिलेसम्म बोल्न नसकेकी बसन्ती ९२०० पनि सासुसँगै प्रशासनमा आएकी थिइन् । कृष्णाले भनिन्, “२ बर्षको नाति छ र विधवा बुहारीले अव कसरी हुर्काउँछिन् ।”

उनले १९ भदौमा प्रमुख जिल्ला अधिकारी र पीडित पक्षबीच भएको ७ बुँदे सहमति कार्यान्वयनको माग राखिन् । उनीहरुबीच करणलाई शहीद घोषणा गर्न मन्त्रालयमा पहल गर्ने, तुरुन्त राहत उपलब्ध गराइने, मृतककी श्रीमतीलाई योग्यता अनुसारको रोजगारी दिने, २ वर्षीय छोरा सरगमलाई निशुल्क पढाइदिने, दोषीलाई कारबाही गरिने, घाइते भएका बिनोद शाहीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने सहमति भएको छ ।
पीडितका तर्फबाट जातीय, क्षेत्रीय र साम्प्रदायिक सद्भाव बिग्रन नदिन सबै प्रतिवद्ध हुने सहमति गरिएको छ । पोष्टमार्टम भइसकेको शव प्रहरीको जिम्मामा छ । शब्द/तस्विर : हिमाल खबर पत्रिका


0 comments:

Post a Comment