कम्पनीका अनुसार चालकरहित बस साढे १० मिटर लामो छ । हेनान प्रान्तको झेंगझु शहरमा अगस्टको अन्त्यतिर चालकरहित बसको परीक्षण सफलतापूर्वक सम्पन्न भएको युतोङले जनाएको छ । ‘झेंगझु शहरका भित्री बाटोहरूमा चालकरहित बसले साढे ३२ किलोमिटरसम्म यात्रा ग¥यो,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्, ‘यस क्रममा बसले २६ ठाउँमा ट्राफिक लाइटको निर्देशन पालना ग¥यो र आवश्यक परेको ठाउँमा लेन बदल्ने काम स्वतः ग¥यो । साथै, ओभरटेक गर्ने, पछाडि आउँदै गरेको गाडीलाई साइड दिनेसम्मको काम कुशलतापूर्वक गर्नमा बसले कुनै कसर बाँकी राखेन ।’
busबसमा दुइटा क्यामरा, वेब रडार र चारवटा लेजर रडार जडान गरिएको बस निर्माता कम्पनीले जनाएको छ । साथै, बसमा नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ । यी सबैको सहायताले अगाडिपछाडि भएका अन्य सवारी साधनको भेउ पाउने, ट्राफिक सिग्नल पालना गर्नेलगायत क्षमता बसले आर्जन गरेको कम्पनीले जनाएको छ ।
कम्पनिका इन्जिनियर ताङ वाङले भने, ‘यो बसलाई चालकरहित मोड र म्यानुअल मोड दुवैमा बदल्न सकिन्छ । हामीले सन् २०१२ देखि यस्तो बस निर्माण गर्ने प्रयास सुरु गरेका थियौँ, जसमा हामी अन्ततः सफल भयौँ ।’ अब केही कानुनी प्रक्रिया पूरा गरेपछि यसलाई बजारमा पठाइने उनले जानकारी दिए । (साभार ः शुक्रवार साप्ताहिक)
0 comments:
Post a Comment