Tuesday, September 15, 2015

अध्यक्ष ओलीका विशेष प्रतिनिधिका रुपमा ज्ञवाली भारततर्फ


काठमाडौँ, २९ भदौ । नयाँ संविधान जारी हुने पूर्व सन्ध्यामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रतिनिधिका प्रदीप ज्ञवाली दिल्ली प्रस्तान गरेका छन् ।

पार्टीका सचिव तथा केन्द्रीय सचिवालयका सचिव ज्ञवाली मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

ओलीले संविधान निर्माणको जारीे प्रक्रियामा भारतीय नेतृत्व, सरकार र जनताको सद्भाव अभिवृद्धि गर्न योे भ्रमण गर्न  लागेको एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेता ज्ञवाली आगामी असोज १ गते स्वदेश फर्कने छन् । असोज ३ गते संविधान जारी हुने मिति तय भएको छ ।

0 comments:

Post a Comment