आफूहरूले निर्माण गरेको तुलसी चलचित्रको विशेष शोका लागि भन्दै सपरिवारका साथ क्यानडा पुगेका घिमिरे दम्पती तीन महिना क्यानडा बसेपछि उनीहरु अमेरिका हानिएको थिए । त्यसपछि यो जोडी अहिलेसम्म नेपाल फर्किएको छैन । अमेरिकामा बसोबास गरेको छोटो समयमा नै उनीहरुले अमेरिकामा २ तले आर्कषक घर किनेका हुन् ।
नेपालमा ढुकुटी काण्ड भएपछि अमेरिका पुगेर दुई सन्तानकी आमा समेत भइसकेकी ऋचा अब नेपाल चलचित्र क्षेत्रमा नदेखिने सुरमा छिन् । ऋचाले अभिनय गरेको पछिल्लो चलचित्र तुलसी हो, जुन अहिलेसम्म प्रदर्शन भएको छैन । यो चलचित्रको विभिन्न देशहरुमा विशेष शो गरिसकिएको छ । तुलसीलाई ऋचाका पति शंकर घिमिरेले निर्देशन गरेका थिए ।
बिहेपछि शंकरको निर्देशनमा ऋचा निर्माता रहेको ब्रेकफेल नामक कमेडी चलचित्र बन्यो । तर, व्यावसायिक रूपमा सफल भएन । त्यसपछि उनीहरूले तुलसी निर्माण गरे । तुलसीको लगानी भने अन्तर्राष्ट्रिय बजारबाट उपर गर्न सफल भएको उनीहरूको दाबी छ ।
0 comments:
Post a Comment