कुनै पनि आन्दोलनका कार्यक्रमबाट कसैको हक, अधिकार, सम्पति ज्यान र प्रतिष्ठामा आघात पार्ने काम नगर्न आग्रह गर्दै उहाँले आफ्नो हकको प्रयोग गर्दा अरुको हकमा असर नपु¥याउन पनि अपिल गर्नुभएको छ । यसैबीच पुरानै तालिकाअनुसार कैलालीको धनगढी नगर क्षेत्रमा दिउँसोको समयमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा आज दिउँसो १२ देखि ३ बजेसम्म यथावत रहेको छ । हरितालिकालाई मध्यनजर गरी बुधबार दिउँसो निषेधाज्ञा हटाएको स्थानीय प्रशासनले आज धनगढीमा पुरानै तालिकाअनुसार निषेधाज्ञा जारी गरेको हो ।
उता चौबीसै घन्टे निषेधाज्ञा लगाइएको टीकापुर नगर क्षेत्र र भजनी–त्रिशक्ति नगर क्षेत्र तथा आसपासका क्षेत्रमा आज बिहान ५ देखि १२ बजेसम्म सात घन्टाका लागि निषेधाज्ञा हटाएको छ । ती क्षेत्रमा अन्य समयमा लगाइएको निषेधाज्ञा र घोषणा गरिएको दङ्गाग्रस्त यथावत् रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment