पोखरेल र तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालको सक्रियतामा डा।केसीले पाँचौं अनशन तोडेका थिए। डा। केसीका मागबारे उनका समर्थक डा।वाइपी सिंह, डा।रामचन्द्र पौडेल र डा। जीवन क्षेत्रीले स्पष्ट पारेपछि डा।पोखरेलले आफूलाई प्रधानमन्त्रीले पठाएको भन्दै माथेमा प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि अहिलेसम्म सरकारले चालेका कदमबार जानकारी गराएका थिए।
‘अहिले यो विषय मेरो कार्यक्षेत्रमा नपरे पनि प्रधानमन्त्रीज्यूले पहिले पनि यस विषयमा सक्रिय भएर तपाईं लाग्नुभएको थियो, अहिले पनि तपाईं नै गएर कुरा स्पष्ट बुझेर आउनुहोस् भनेर निर्देशन दिनुभयो,ु डा। पोखरेललाई उद्धृत गर्दै डा। सिंहले अन्नपूर्णसँग भने, ‘उहाँले त्यसो भनेपछि हामीले पनि डा। केसीको माग र बटमलाइनबारे स्पष्ट पारेका थियौं।ु
पोखरेलले माथेमा प्रतिवेदनका ७५ सुझाव कार्यान्वयनका लागि सरकारले योजना बनाइसकेको र १२ सुझावमाथि थप छलफल अगाडि बढाइएको जानकारी गराएका थिए। डा।पोखरेलले मुलुकको अहिलेको संक्रमणकालीन अवस्थामा पनि सरकारले केसीको माग र माथेमा प्रतिवेदनका सुझावलाई सकारात्मक रूपमा लिएर काम अघि बढाएको भन्दै करिब पौने घन्टा उनीहरूसँग छलफल गरेका थिए।
0 comments:
Post a Comment