काठमाडौं, भदौ ३० । संविधान जारी गरेलगत्तै उच्च संवैधानिक र राजनीतिक पदहरु एकपछि अर्को गरी तत्काल रिक्त हुनेछन् । तर, उनीहरुको उत्तराधिकारी छनोट कति सहज होला भनी राजनीतिक वृत्तमा अड्कलबाजी हुन थालेको छ ।
संवैधानिक अनुमोदन हासिल गरेको चार दलका शीर्ष नेताहरुको सहमतिअनुसार संविधान जारी भएको बढीमा चौध दिनभित्र प्रधानमन्त्री सुशील कोइरालाको सट्टा नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुपर्नेछ । त्यस्तै रामवरण यादवले एक महिनाभित्र राष्ट्रपति पदबाट बिदाइ लिनुपर्नेछ । त्यही क्रममा नयाँ उपराष्ट्रपति , सभामुख, उपसभामुख पनि चयन हुनेछन् ।
कांग्रेस नेता रमेश लेखकका अनुसार नयाँ संविधान जारी भएपछि व्यवस्थापिका संसद्को बैठक जारी रहेको अवस्थामा १४ दिनभित्र नयाँ प्रधानमन्त्री छनोट गर्ने प्रावधान छ ।
लेखकले एमाले अध्यक्ष केपी ओली असोज १० गते नयाँ प्रधानमन्त्री हुने निश्चित रहेको बताए । उनले भने,‘ओलीलाई पनि कहीँ केही मिलाउनुपर्ने भए र त्यस्तै भूमिकामा कोइराला पनि रहेका भए संविधान संशोधनसम्म हुन सक्ने देखिन्छ ।’
0 comments:
Post a Comment