Sunday, September 13, 2015

रेखाले बाडिन् रक्षा नेपालका बालबालिकालाई कपडा र खेलौना


काठमाण्डौ। दुबईमा आयोजित तिन उत्सव कार्यक्रम सकेर शुनिबारमात्र काठमाडौं आइपुगेकी अभिनेत्री रेखा थापाले रक्षा नेपालमा आश्रित बालबालिकाहरुलाई तीजको अवसरमा कपडा र खेलौनाहरु वितरण गरेकी छिन् ।

आइतबार राजधानीमा आयोजित दर र जनचेतनामूलक साँस्कृतिक तीज कार्यक्रममा सहभागि हुँदै उनले रक्षा नेपालका ३५ बालबालिकालाई कपडा र खेलौना बितरण गरेकी छिन् । महिला तथा बालबालिकाहरुको लागि प्रोत्ताहित गर्ने काममा सहभागि भएबापत अभिनेत्री थापालाई कार्यक्रममा सम्मान समेत गरिएको थियो । कार्यक्रममा रेखाले रक्षा नेपालसँग लामो समयदेखि सहकार्य गर्न पाएकोमा खुसी लागेको बताइन् ।



उनले भनिन्, ‘दर खाने कार्यक्रममा सहभागि रक्षा नेपालका बालबालिकाहरुलाई उपहार स्वरुप खेलौना र कपडाहरु ल्याएकी छु र संसारको सबैभन्दा ठूलो कुरा भनेको खुसी हुनु हो ।’ कार्यक्रमको आयोजना रक्षा नेपालले गरेको थियो । यसले विगत १२ वर्षदेखि अनार्थ बालबालिकाहरुलाई आश्रय दिइरहेको छ । रक्षा नेपालकी मेनुका थापाले भूकम्पपछि पिडामा रहेका महिला दिदीबहिनीहरुलाई केहीबेर रमाइलो गराउन तीज कार्यक्रमको आयोजना गरेको प्रतिक्रिया दिइन् ।

0 comments:

Post a Comment