Tuesday, September 1, 2015

पोखरीमा डुबेर दुईको मृत्यु


लहान, १६  भदौ । सिरहाको प्रिप्राप्रपी गाविसस्थित पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।

प्रिप्राप्रपी–९ स्थित खजनपुर प्राविको पोखरीमा नुहाउने क्रममा डुबेर आज इटाटार गाविस–१ निवासी ८० वर्षीया जगती यादव र निजको १२ वर्षीय नाति लालु यादवको मृत्यु भएको हो ।

जगतीको घटनास्थलमै र लालुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । रासस


0 comments:

Post a Comment