Tuesday, September 1, 2015

तराइमा आन्दोलनको आगो बालेर उपेन्द्र र महन्थ काठमाडौँमा, आगो दन्किएला कि निभ्ला ?



काठमाडौँ, भदौ १५ । तराइमा एकैसाथ सिमांकनको विषयलाई लिएर आन्दोलन चर्काएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आएका छन् ।

संविधानसभा भित्र भएर पनि त्यसको निर्माण प्रक्रियामा असन्तुष्टी जनाउँदै आन्दोलमा सहभागी यादव र ठाकुर सरकारले वार्ताका लागि आह्वान गरे लगत्तै त्यसलाई सकारात्मक रुपमा लिएर काठमाडौँ आएका हुन् ।

विभिन्न दलका नेतासँग छलफल गरेर वार्तामा बस्ने कि नबस्ने भन्ने निक्र्यौलमा पुग्ने संघिय समाजबादी फोरम नेपालले जनाएको छ ।

सरकारले आन्दोलनरत मधेसबादी दलहरुलाई पटक पटक वार्ताका लागी आह्वान गरेको धेरै समय पछि उनीहरु काठमाडौँ आएका हुन् ।


0 comments:

Post a Comment