Tuesday, September 1, 2015

टीकापुरमा प्रहरीको हतियार लुटेको भिडियो क्लिप फेला पर्यो


काठमाडौँ १६ भदौ । सात गते दिउँसो टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मीलाई क्रुरतापूर्वक मारिएपछि उनको टिमबाट खोसिएको सेल्फ लोडिङ राइफल एसएलआर सम्बन्धी भिडियो क्लिप फेला परेको छ । घटनास्थल आसपासका छिमेकहीहरुले मोबाइलबाट खिचेर सुरक्षित राखेको क्लिपमा दाह्री पालेका, हेल्मेट लगाएका करिब ३०–४० जनाले प्रहरीबाट खोसिएको एसएलआर सिमेन्टको बोरामा हालनेको तर हतियार लामो भएको कारण नअटाएको देखिन्छ ।

त्यसमध्येका केहीले थारु र केहीले प्रष्ट शब्दमा नेपाली भाषामा बोलेर आक्रमणलाई निर्देशित गरेको सुनिन्छ । भीगलाई एसएसपीले सम्झाउँदै गरेको समेत त्यसमा देख्न सकिन्छ । आक्रमण हुन थाल्नासाथ एसएसपीसँगै गएका एक जनाले एक राउन्ड हवाई फायर गरेपछि एसएलआरले काम गर्न छाडेको थियो । सम्भवतः त्यसको खोका अड्किएको वा म्याग्जिनले काम नगरेको हुन सक्छ ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment