Wednesday, September 16, 2015

प्रचण्डले भने,‘माओवादी मिसन पूरा हुँदैछ’,


काठमाडौं, भदौ ३१ । एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी गर्ने पार्टीको मिसन पूरा हुन लागेको बताएका छन् । अरुका लागि संविधानसभाबाट संविधान जारी गर्नु सामान्य प्रक्रिया भए पनि माओवादीका लागि मिसन भएको उनको भनाइ छ ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पूर्वउपाध्यक्ष पोस्टबहादुर बोगटीको स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान माओवादीले भनेजस्तो बन्न भने नसकेको बताए ।

‘संविधानसभाबाट संविधान जारी गर्नु हाम्रा लागि मिसन हो । अरुका लागि सामान्य प्रक्रिया होला,’ उनले भने,‘संविधान हामीले भनेजस्तो त भएको छैन । तर, यो मिसन हो । सफल पार्ने दायित्व पनि हाम्रै हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment