Tuesday, September 1, 2015

चर्चित कलाकार नवजीत सिंह सिद्धु नेपालगंजमा


चर्चित भारतीय पूर्व क्रिकेटर नवजीत सिंह सिद्धु नेपालगन्ज आइपुगेका छन् । केही बेर अघि नेपालगन्ज आइपुगेका भारतीय जनता पार्टीका सांसद सिद्धु भारतीय टेलिभिजनका चर्चित कलाकार पनि हुन् ।
प्रसिद्ध शक्तिपीठ मान सरोवर जाने क्रममा नेपालगन्ज विमानस्थलमा भेटिएका सिद्धुले नेपालको क्रिकेटमा सुन्दर भविष्य देखिएको बताए ।
नेपालको सुन्दर, रमणीय भूभाग हुँदै कैलाश जान पाएकोमा निकै खुशी लागेको सिद्धुले भने । ‘यतिबेला मेरो मन मस्तिष्कमा कैलाश बसेको छ,’ उनले नेपालको राजनीतिक अवस्था बारे सोधिएको प्रश्नमा भने ‘अरु कुरा सबै फर्किएपछि ।’

0 comments:

Post a Comment