Sunday, September 6, 2015

कानुनी झमेला र कूटतीनिक पहल नहुँदा चन्द्रबहादुर डाँगीको शव अमेरीकामा नै अलपत्र


काठमाडौं, भदौ २१ ।  गिनिज बुक अफ वल्र्ड रकर्डस्मा नाम लेखिएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको शव अमेरिकी टापुबाट नेपाल ल्याउन समस्या भएको छ । कानुनी झमेला र कूनतीनिक पहल नहुँदा शव ल्याउन अप्ठ्यारो भएको हो । उनको शव अमेरिकाको आइल्यान्ड सामुआस्थित अस्पतालमा राखिएको थियो ।

चन्द्रबहादुर बिरामी भएर अस्पताल भर्ना भएपछि अहिलेसम्मको खर्च २१ लाख रुपैयाँ (करिब २० हजार डलर) पुगिसकेको छ । उक्त रकम कसले र कसरी तिर्नेबारे अन्योल छ । डाँगीको सहयोगीका रुपमा त्यहाँ गएका भतिजा दोलखबहादुर डाँगीसँग त्यत्रो रकम छैन । उनलाई अनवन्धित गरेर त्यहाँ लगको म्युजिक सर्कस अफ सामुआँसँग पनि डाँगीको कुनै सम्झौता छैन, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment