Tuesday, August 11, 2015

कान बज्छ ? सावधान


टेलिफोनमा कुरा गर्दा अचानक आवाज कम सुन्ने वा कान बज्ने समस्या छ भने सर्तक रहनु होला । यो कानको रोग ‘एकास्टिक न्युरोमा’को लक्ष्यण पनि हुन सक्छ । यसले मानिसलाई बहिरो पनि बनाउन सक्छ । अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) का पूर्व निर्देशक एवं ईएनटी विशेषज्ञ डा. एसके कक्कडका अनुसार एकास्टिक न्युरोमा वास्तवमा एक–एक प्रकारको ट्युमर हो । तर, यसले क्यान्सर नगराए पनि श्रवण शक्ति भने नष्ट गर्न सक्छ । यसको लक्षण ढिला देखिने हुँदा बिरामीलाई यो रोग लागेको शंका नै हुँदैन । मेदान्त मेडिसिटीका ईएनटी विशेषज्ञ डा. केके हाडाका अनुसार एकास्टिक न्युरोमा ट्युमर विकास हुन वर्षौं लाग्न सक्छ । डा. हाडा भन्छन् ‘सुरुमा रोग पत्ता लागे उपचार सजिलो हुन्छ ।’

0 comments:

Post a Comment