Tuesday, August 11, 2015

दाईजो नपाएपछि जर्बजस्ती एसिड खुवाइयो


एजेन्सी – तस्बिरमा देखिएकी रिपा रानी पण्डित अहिले गम्भिर घाइते छिन् । उनको शरिर भित्री रुपमा ड्यामेज भइसकेको छ । त्यसैले उनी बाँच्न सक्ने सम्भावना निकै कम छ । एसिड पिउन बाध्य रिपा मानसिक तनावका कारण त्रसित अवस्थामा छिन् । लामो समय होस गुमाएपछि भर्खरै मात्र ब्युझिँएकी छिन् ।

बंगलादेशकी २३ वर्षीया रिपा रानीले केही समयअघि रतन पण्डितसँग विवाह गरेकी थिइन् । त्यतिबेला रिपाका बाबुले वाचा गरे बमोजिमको दाईजो रतनको परिवारलाई बुझाउन नसकेपछि परिवारले उनीलाई एसिड खुवाएर हत्या गर्ने षड्यन्त्र रच्यो । यसबीच उनलाई आठ महिनासम्म मानसिक पीडा दिइयो । बाबुले श्रीमान्को परिवारलाई वाचा गरेअनुसारको रकम बुझाउन नसकेपछि उनी लामो समय माइती फर्किएर बसेकी थिइन् । गत डिसेम्बरमा उनको विवाह भएको थियो ।



विवाहपछि घर गएकी रिपालाई वाचा अनुरुपको दाइजो नपाएमा फिर्ता गरिदिने धम्की श्रीमान्को परिवारले दिएको थियो । माइती फर्किएर लामो समय बिताएपछि श्रीमान्कै अनुरोधमा उनी फेरिघर फर्किइन् । तर, उस्तै पीडा श्रीमान्को परिवारले दिइ नै रह्यो । गत महिना उनले जीवनकै दर्दनाक क्षणको सामना गर्नुप¥यो ।

अस्पतालको शैइयामा छट्पाइरहेकी रिपा बोल्न सक्दिनन् । तर माइती पक्षका अनुसार ससुराले नै रिपालाई एसिड खुवाए । ससुरा सद्धुन पण्डितले दाईजोमा वाचा गरेको पैसा दिन नसकेपछि एसिड खुवाएको रिपाका दाजु ओपूले बताएका छन् । सासूले रिपाको मुख खोलेका थिए भने ससुराले मुखमा एसिड हालिदिए । त्यसपछि एसिड उनको शरिरमा पुग्यो र शरिरका भित्री भागलाई ड्यामेज गरिदियो ।

एसिड खुवाएपछि किशोरजंग जिल्लाको अमोदपूरस्थित घरमा उनलाई दुई दिन त्यतिकै छाडियो । अहिले उनको ढाका मेडिकल अस्पतालमा उपचार भइरहेको छ । उनी बाँच्ने टुंगो छैन । किनकी बाहिरी चोटको तुलनामा उनलाई भित्रैबाट धेरै चोट लागेको छ । चिकित्सका अनुसार उनी खान वा पानी पिउन पनि सजिलै सक्दिनन् । दुई हप्तादेखि उनको उपचारमा चिकित्सक निरन्तर सक्रिय छन् । प्रहरीले ससुरा रविन्द्र पण्डितलाई पक्राउ गरेर छानविन जारी राखेको छ ।

गत जुलाईमा बंगलादेशमा झन्डै ९ व्यक्ति एसिडको सिकार भएका छन् । एसिड हिंसाबाट सर्वसाधाणलाई जोगाउन सरकारले कडा कानून ल्याउनुपर्ने अधिकारवादीहरु बताउँछन् ।

0 comments:

Post a Comment