थरुहट बिभाजन हुनुहुदैन भन्दै उनले आदिबासी जनजातीको माग बिपरितको संबिधान आए त्यो संविधानको प्रतिले धर्ती टेक्न नपाउने बताएका छन् । साथै उनले सभासदहरुलाई संबिधान सभा भित्रै जलाउने चेतवानी समेत दिएका छन् । “आदिबासी जनजातीको हित बिपरितको संबिधान घोषणा गरे नेताहरुलाई संबिधान सभा भित्रै जलाएर खाग बनाई दिन्छौं” नेता शेर्पाले भने ।
उनले नेताहरुले सामाजिक सद्भाव भत्काउने काम भैरहेको भन्दै त्यसको जिम्मेवारी तिनै नेताहरुले लिन पर्ने बताएका छन् । नेता शेर्पाले कमल थापादेखि पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टसम्मलाई चेतावनी दिएका छन् । साथै उनले बिभिन्न संचारमाध्यमको नाम नै किटेर जलाउने धम्की दिएका छन् । आफूलाई बिभिन्न माध्यमबाट हत्या गर्ने धम्की आएको भन्दै उनले आदिबासीहरुका लागि मृत्यु सहर्ष स्वीकार गर्ने बताएका छन् । २४ मिनेटको भाषणमा उनले धेरै जसो बिभिन्न दलका नेता तथा पत्रकारहरुलाई चेतवानी र घोचपेच गरेका छन् ।
-अनलाइन पत्रिका बाट
0 comments:
Post a Comment