लेकवेंशी यातायात व्यवसायी समितिमार्फत यो सडकमा दैनिक ४० वटा सावजनिक सवारी साधन चल्दै आएका थिए । झण्डै तीन सय मिटर सडक पहिरोका कारण क्षति पुगेको छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा बुलिङटार, डाँडाझेरीलगायतका गाविस प्रत्यक्षरुपमा प्रभावित भएका छन् भने ढुम्रे, तल्लो अर्खला, सिँचाङ, कमलीकोट, कोखेटार क्षेत्रमा खाद्यन्न ढुवानीमा समस्या भएको छ । वर्षायाममा सधैँ पहिरो जाने गर्दा पनि जिल्ला विकास समितिले पहिरो पन्छाउन तत्परता नलिई महिनौँ लगाउने गरेको स्थानीयवासीको गुनासो रहेको छ ।
0 comments:
Post a Comment