कञ्चनपुर, भदौ ३० – कञ्चनपुरको दैजी–झलारी सडकखण्डमा बस पल्टिँदा २७ जना घाईते भएका छन् । कैलालीको धनगढीबाट महेन्द्रनगरका लागि छुटेको ना ३ ख ४०९२ नम्बरको बस गएराती पल्टिएको हो । घाइतेमध्ये २१ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ ।
महाकाली यातायातको ना ३ ख १४०९ नम्बर बसले ना ३ ख ४०९२ नम्बरको बसलाई ओभर ट्याक गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो । बसले झलारीतर्फ गइरहेको म १ प ६७९१ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएको थियो ।
0 comments:
Post a Comment