Tuesday, September 15, 2015

मेरो कार्यकालमा १० हजार युवाले निजामती क्षेत्रमा रोजगार पाउनेछन् : लाल बाबु पण्डित


सुन्दा अचम्म लाग्न सक्छ , अहिलेका सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितलाई आफु मन्त्री भएको करा मिडियाबाट मात्र थाहा भएको बताउन भयो । यस अघि २०५१ साल मा सार्वजानिक लेखा समितिको सदस्य तथा सुकुम्बासी आयोगको अध्यक्ष रहेका पण्डित यि बाहेका प्रशासन क्षेत्रमा यो नै पहिलो अनुभव रहेको बताए । एक फरक प्रशंगमा अहिलेको बर्तमान परिस्थीतीमा डि।भि , पि।आरको बिरोध केहि थोरै मानिसबाट मात्र रहेको तर कुनै मानिस आप्नो देश छाडेर जुन सुकै देशमा बस्ने इच्छा व्यक्त गर्छ भने त्यसलार्ई हामीले नरोकेको बताए ।

अनलाइन न्यूज साइट युथ फर युथ टि।भि सँगको कुराकानीमा उहाले भन्नभयो , अहिले हाम्रो देशका युवा आपनो दैनिकी चलाउनका लागी बिदेशिनु परेको छ तर अबको १० बर्षमा सम्पर्ण नेपाली युवाले स्वदेशमै रोजगार पाउनेमा आशा व्यक्त गरे । जहाँ उनले भने उनको योजना सफल भएमा आपनै कार्यकालमा १० हजार   युवाले निजामती क्षेत्रमा अवसर पाउने पनि  बताए  । आफुले युवाहरुलाई लक्षित् गरेर केहि त्यस्ता योजनाहरु अगाडि ल्याएको र कार्यनयनमा आए अबको १० बर्षमा नेपाल एक दाता मुलुक बन्नेमा ठुक्क रहन जनकारी दिए ।
आउदो असोज ३ गते जारी हुन लागेको नेपालको नयाँ संबिाधान जारी हुनबाट कसैले रोक्न नसक्ने बताए । तराईमा भइरहेको आन्दोलनको प्रशंगमा उहाले भन्नु भयो , संबिधान कुनै ढुङ्गामा लेखिएको सिलालेख नभएकोले समस्यालाई वार्ताबाट समाधन हुने र आवश्यक परे संबिधानलाई परिमार्जीत गर्न सकिने हुनाले निरास भएर बस्न नपर्ने बताए ।

0 comments:

Post a Comment