हिन्दू महिलाको तीज पर्वलाई मध्यनजर गर्दै बुधबार कर्फ्यु हटाइएको सहयाक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताए । उनले शान्ति सुरक्षा ध्यानमा राखरै धनगढीमा पुन: कर्फ्यु लगाउनु परेको बताए ।
भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनापछि सदरमुकाम धनगढीमा कर्फ्यु लागाइएको थियो । सुरुमा ११ देखि ६ बजेसम्म लागेको कर्फ्यु स्थानीय प्रशासनले घटाउँदै ३ घण्टामा सिमित राखेको हो ।
बुधबार बिहान ५ देखि दिउँसो ४ बजेसम्म कर्फ्यु हटाइएको थियो । बिहीबार जनजीवन सहज पार्न बिहान ५ देखि १२ सम्म कर्फ्यु हटाएको छ ।
टीकापुरमा भदौ ५ गते देखि कर्फ्यु लाग्दै आएको छ । भदौं ७मा कर्फ्युलाई उलंघन गरि थारुहट गरेको आन्दोलनले हिसात्मक रुप लिएको हो । स्थिती समान्यतिर उन्मुख भएपछि टीकापुरमा जनजीवनलाई खकुलो पार्न बिहान केही समयका लागि कर्फ्यु हट्ने गरेको थियो । उक्त क्षेत्रका विद्यालय भदौ २४ गतेबाट सञ्चालनमा छन् । विद्यालय सञ्चालनका लागि बिहान ५ देखी १२ बजे स्थानिय प्रशासनले टीकापुरमा कर्फ्यु हटाउने निर्णय गरेको थियो ।
यसैबीच जिल्ला प्रहरी प्रमुख बिक्रम चन्दले संविधान घोषणा गरिने मितिसम्म जिल्लाभरको शान्ति सुरक्षा अझ बलियो पारिएको बताए । ‘कतैं पनि दंगा भड्कन नदिन सुरक्षा व्यवस्था सहित सुरक्षाकर्मीलाई उच्व सर्तकतामा राखिएको छ,’ उनले भने, ‘टीकापुरमा भएको घटनाले पनि कैलाली यतिबेला बढी संवेदनशील छ ।’
0 comments:
Post a Comment