व्यास–८ चापाघाटस्थित रामवाण गुल्मले भूतपूर्व र बहालवाला नेपाली सेनाका ती व्यक्तिलाई उक्त रकम राहत वितरण गरेको हो ।
पूर्ण रुपमा घर क्षतिग्रस्त भएका चार सय १२ र आंशिक रुपमा क्षति भएका पाँच सय ९४ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको गुल्मपति सेनानी दुर्गाबहादुर थापाले जानकारी दिए ।
सैनिक कल्याणकारी कोषबाट प्राप्त भएको राहत रकम भूकम्प पीडित सैनिकलाई वितरण गरिएको हो ।
पहिलो चरणमा उनीहरुलाई चार करोड पाँच लाख २५ हजार रुपैयाँ वितरण गरिने गुल्मपति थापाले बताए । भूकम्प पीडित ती सैनिकलाई एनआइसी बैंकको चेक दिने गरिएको छ । पूर्ण रुपमा घर क्षति भएका सैनिकलाई ५० र आंशिक रुपमा क्षति हुने सैनिकलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
पहिलो चरणअन्तर्गत निवेदन पेस गरेका एक सय ७१ जनाको भने कागजात नमिलेकाले मिलाएर रकम लिन आउन गुल्मले आग्रह गरेको छ । केहीको गाविस सचिवले गरेको सिफारिस नमिलेको, केहीले राहत कार्ड अहिलेसम्म पेस नगरेकाले रोकिएको हो ।
कागजात पूरा पेस नगर्ने सैनिकले गुल्मको ५६०१०० मा सम्पर्क गरी त्यसबारे जानकारी लिन सक्ने समेत गुल्मपति थापाले बताए ।
0 comments:
Post a Comment