Tuesday, September 15, 2015

संविधानसभामा आज सभामुख सहित शीर्ष नेता नाच्ने, महिला सभासदले ताली बजाउने,


काठमाडौं, भदौ ३० ।  बुधबार मुलुकभर हरितालिका अर्थात तीज पर्व मनाइरहँदा यसको प्रभाव संविधानसभा भवन भित्र पनि पर्ने देखिएको छ । तीज आँफैमा सांस्कृतिक पर्व भएका कारण पनि मुलुक नृत्य र संगीतमा गुञ्जिरहँदा संविधानसभा भित्र रहेका महिला सभासदहरुले उपस्थित सभासदहरुलाई नचाउने तयारी गरेको एमाले सभासद कल्पना चापागाईले जानकारी दिइन् ।

चापागाइका अनुसार बैठक स्थगित भएको बीचको समयमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सहित सबै दलका शीर्ष नेता र अरु सबै सभासदलाई बोलाएर नाचगान गर्ने तयारी गरिएको छ । यसैबिच उक्त अवसरलाई संविधान बन्न लागेको खुशीयालीका रुपमा समेत कार्यक्रम हुनेछ ।

संविधानसभामा कुल ५९८ सभासदमध्ये एकसय ७६ जना महिला सभासद छन् । संविधानसभाको विहान १० बजे पछि बस्ने बैठकले संविधानका बाँकी भारा पारित गर्ने कार्यसूची रहेको छ । संविधानसभाले सोमबार र मंगलबार गरेर १७६ वटा धारा पारित गरिसकेको छ ।

0 comments:

Post a Comment