Tuesday, September 15, 2015

राजसंस्थाको पक्षमा एमाओवादी उभिँदा !


काठमाडौं, भदौ ३० । ‘उक्त प्रस्तावको पक्षमा हुन्छ भन्ने माननीय सदस्यले हुन्छ भन्नुहोला, विपक्षमा हुनेले हुन्न भन्नुहोला।’ राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधानको परिमार्जित विधयेकको धारा ६१ मा राष्ट्रपतिको ठाउँमा राजसंस्था रहनुपर्ने भन्दै गरेको प्रस्ताव सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्थ पेश गरे । लगत्तै एमाओवादीका शीर्ष नेताहरुले प्रस्तावको समर्थनमा हात उठाए । राप्रपा नेपालका सभासद्हरु भने  आफ्नै प्रस्तावको पक्षमा हात उठाएका छौं की विपपक्षमा भनेर एकछिन त अलमल परे । हल भने हाँसोले गुन्जियो । सभाध्यक्षले पनि हाँसो थाम्न सकेनन् ।

उनले मुस्कुराउँदै प्रक्रिया अगाडि बढाइहाले । त्यसपछि एमाओवादी र राप्रपा नेपालका नजिक रहेका सभामुखहरु मुखामुख गर्दै हाँसे । राप्रपा नेपालका सभासदहरुले एमाओवादी सभासद्हरुलाई ‘मनको कुरा भन्नुभयो’ भन्दै जिस्क्याउन थाले । एमाओवादीले भने आफूहरु संवैधानिक राष्ट्रपतिको विपक्षमा रहेकोले झुक्किएर हात उठाएको स्पष्टीकरण दिइरहनुपर्यो । ‘एमाओवादीले पनि हाम्रो पक्ष्ँमा हात उठाएपछि हामी नै अलमलमा पर्यौं’ राप्रपा नेपालका सुशील श्रेष्ठले भने, ‘तर, उहाँहरु झुक्किनुभएको रहेछ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment