प्रहरी इन्काउन्टरमा गुन्डा नाइके कुमार श्रेष्ठ घैंटे मारिएपछि काठमाडौंका अर्का नाइके पन्चे लामाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । उनले सिंहदरबार वृतमा गएर हिजो आत्मसर्मपण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी एक वर्ष अघि प्रहरी इकाउन्टरमा मारिएका दिनेश अधिकारी चरी निकटका एक हुन् ।
ज्यानमार्ने उद्योग, हातहतियार र अपहरणको मुद्दामा फरार भएका उनी घैंटे मारिएपछि डरले आत्मसर्मपणमा आएको प्रहरीले जनाएको छ । ललितपुरमा उनको मुद्दा रहेको र उनी काठमाडौं प्रहरीमा गएर आत्मसर्मण गर्नुलाई अनौठोका रुपमा हेरिएको छ ।
गुन्डा गर्दी विरुद्ध अपराध महाशाखा र जिल्ला प्रहरी परिसर काठमाडौं अहिले आक्रामक छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment