उनका अनुसार अहिलेसम्ममा नेपालमा सेक्सटोयको व्यवसाय गर्ने झन्डै आठवटा पसल बन्द भइसकेका छन्। सेक्सटोयको व्यवसाय नाफामा जान नसकेपछि बाध्य भएर आठवटा पसल बन्द भएको उनले जानकारी दिए।
उनले भने ‘मैले त कन्डम बेचेर व्यवसाय धानेको छु , सेक्सटोय मात्रै बेच्न खोजेको भए मेरो व्यवसाय पनि धेरै वर्ष पहिले बन्द भइसक्थ्यो, अहिले मेरो सेक्सटोयको व्यवसाय नाफामा जान सकेको छैन।
सेक्सटोयको उपभोक्ता नेपालमा बढ्न नसकेका कारण यसको व्यवसाय धरापमा रहेको उनले जानकारी दिए। संकुचपना र चेतनाको अभाबका कारण यस्ता सामाग्रीको विक्री हुन नसककेको उनको बुझाई छ।
उनले १५ सय देखि अहिले २० हजार सम्मका सेक्सटोयहरु विक्रीमा राख्ने गरेका छन्। २० हजार सम्मका सेक्सटोय राख्ने गरेको भएपनि महंगा खालका सेक्सटोय भने खासै बिक्दैनन्। उनका अनुसार ४ हजार देखि ५ हजार सम्मका सेक्सटोय मात्रै अधिक बिक्ने गरेका छन्।
न्यौपानेका अनुसार सेक्सटोयका ग्राहक नेपालमा मुख्यत महिलाहरु हुन्। उनको पसलमा सेक्सटोय खरिद गर्न आउनेहरुमा अधिकांश महिलाहरु रहने गरेका छन्। एकल महिला र श्रीमान बिदेशमा काम गर्न गएका अधिकांश महिलाहरु आफ्नो पसलमा आउने उनको भनाई छ।
तर किशोरकिशोरीहरुले भने यो खासै नलाने बताउँछन्। उनले पसल सञ्चालनमा ल्याएदेखि हालसम्म एक किशोरीले मात्रै सेक्सटोय खरिद गरेको उनले जानकारी दिए। उनको पसलमा सेक्सटोयको व्यवसाय खासै बढ्न नसकेपनि कन्डमको ब्यापार भने राम्रो भएको छ। सुरुका वर्षहरुमा दैनिक ५० देखि एक सय रुपैयाँको मात्रै व्यापार हुन्थ्यो तर अहिले भने उनले दैनिक चार हजार सम्मको व्यापार गर्ने गर्छन्।
साथै उनको पसलमा अहिले बिशेषगरी शिक्षित मानिसहरु आउने गरेका छन्। सेक्सटोय लानेहरु सबैजसो शिक्षित मात्रै हुने उनको भनाई छ। उनले भने ‘शिक्षित महिलाहरु मात्रै यहाँ आउने आट गर्छन् , नेपालमा जनचेतनाको अभाबका कारण कन्डमको समेत बिक्री हुन गाह्रो छ भने सेक्सेटोय त अझै कठिन छ। ’
यस्ता सेक्सटोयहरु नेपालमा दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र चीनबाट निर्यात हुने गर्दछ। त्यस्तै सिभिल मलको पाँचौ तलमा सञ्चालित पसल नं. ९० मा पनि सेक्सटोयको खासै विक्री हुन सकेको छैन। पसल नं.९० की सञ्चालक जीना परियारका अनुसार यसको व्यवसाय नेपालमा खासै फस्टाउन सकेको छैन। उनले पसल सञ्चालनमा ल्याएको तीन वर्ष बित्दा सम्म समेत यसको व्यवसायमा खासै फरक नआएको उनको भनाई छ।
परियारले सेक्सटोयसंगै अन्य ब्लड प्रेसर र सुगरका रोगीहरुलाई उपयोगी हुने खालका व्यायाम गर्ने साधनहरु समेत राखेकी छन् । ब्लड प्रेसर र सुगरका रोगीहरुलाई उपयोगी हुने खालका व्याम गर्ने साधनहरुको विक्रीबाट नै आफ्नो व्यवसाय धानिएको उनले जानकारी दिइन। साथै सेक्सटोय डिस्प्ले गरेर राख्नको लागि उनलाई सिभिल मलले रोक लगाएको छ।
जनचेतना अभावका कारण यसको व्यवसाय बढ्न नसकेको उनको बुझाई छ। यस्ता साधनको प्रयोग व्यापक गर्न सकेमा समाजमा यौन हिंसा र बलत्कारका घटना घट्ने उनको बुझाई छ। यसको प्रचार प्रसार गर्न जरुरी रहेको उनले बताइन।
त्यस्तै सुन्धारामा रहेको सेक्सटोय सप लभ एण्ड लस्टमा पनि सेक्सटोयको खासै बिक्री हुन सकेको छैन। सञ्चालक सुरज भट्टराईका अनुसार यो वर्षदेखि भने उनको व्यापारमा केहि सुधार आएको छ।
उनका अनुसार पसल स्थापना भएको पाचँ वर्षमा यो वर्ष मात्रै सेक्सटोयको व्यवसायबाट नाफा कमाएका छन्। उनले १५ सय देखि ४ हजार ५ सय सम्मका सेक्सटोय राख्ने गरेका छन्। उनले सेक्सटोय संगै कन्डम ,बोन्डेज गियर र लिन्जरी नाइट ड्रेस समेत राख्ने गरेका छन्।
उनको पसलमा आउने ग्राहकहरुमा ५० प्रतिशत महिला, ४० पुरुष र १० प्रतिशत तेस्रो लिङ्गी रहेका छन्।
0 comments:
Post a Comment