Wednesday, September 16, 2015

यामाहाले ल्‍यायो नयाँ वाईजेडएफ-आर ३, आर १५, र सलुटो


२०७२ भाद्र ३० बुधवार

काठमाडौं: नेपालका लागि यामाहा मोटर साइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दुईवटा नयाँ मोडलका मोटरसाइकल सार्वजानिक गरेको छ। 
 
आर सिरिजका मोटरसाइकल यामाहा वाईजेडएफ-आर ३ र यामाहा आर १५ र १२५ सीसी क्षमताको ‘यामाहा सलुटो’ मोटरसाइकल बजारमा भित्र्याएको हो । कम्पनीले दुबै मोटरसाइकल नाडा अटो-सो २०१५ को अवसरमा सार्वजानिक गरेको हो।

 
यो मोटरसाकलले युवा पुस्ताको ध्यान आकर्षण गर्ने कम्पनीको विश्वास छ। नेपाली युवाद्वारा यामाहाका आर सिरिजका मोटरसाइकल निकै रुचाइएका मध्येमा पर्छन। नयाँ आएका मोटरसाइकलले ब्रान्ड विस्तारमा सहयोग पुर्‍याउने विश्वास कम्पनीले गरेको छ। 

 
यामाहा वाईजेडएफ-आर ३ मा ३२१ सीसी क्षमताको इन्जिन जडान भएको छ। यसमा लिक्विड कुल्ड, ४-स्ट्रोक, इन–लाइन २–सिलिन्डरसहितको प्रविधि छ। नयाँ मोटरसाइकलको डिजाइन निकै आकर्षक छ। 
 
उच्च क्षमताको भए पनि मोटरसाइकलको तौल औसत छ। मोटरसाइकलले उच्च माइलेज दिने कम्पनीले बताएको छ। मोटरसाइकलमा डाइमन्ड खालको स्टिल फ्रेम राखिएको छ। 
 

यो मोटरसाइकल सहरी क्षेत्रमा लागि उपयोगी मानिएको छ। यामाहा आर १५ मोटर साइकल जापानिज प्रविधिमा आधारित छ।
 
नयाँ आर १५ मा ओटु सेन्सर, २२० एमएम डायमिटरेको रियर डिस ब्रेक, ट्युबलेस टायर, स्पोट्स लुक्समा दुई वटा हेड लाइट र नयाँ डिजाइनको सिट राखिएको छ। मोटरसाइललाई आकर्षक र सुविधाजनक छ।
 
त्यसैगरी यामाहा सलुटो इन्धन उपयोगी र पारिवारिक मोटरसाइलको रूपमा चिनिएको छ। यो मोटर साइकल सरल मूल्यमा उपलब्ध छ। ब्लू–कोर इन्जिन प्रविधिमा निर्माण भएको यो मोटर साइकलको पिकअप निकै उत्कृष्ट छ।
 
 पछाडीको सिटमा अनिवार्य यात्रु बोक्नुपर्ने नेपाली परिवेशलाई ध्यान दिएर मोटरसाइकलको सीट डिजाइन भएको कम्पनीले बताएको छ। मोटरसाइकलमा 'रेजिन ट्यांक कभर' छ।

0 comments:

Post a Comment