Tuesday, September 1, 2015

मणिपुरमा मारामार, गोली लागि तीनजनाको मृत्यु, मन्त्री र सांसदकै घरमा आगजनी


काठमाडौं, भदौ १५ । भारतको मणिपुर राज्यस्थित चुढचन्द्रपुरमा अज्ञात व्यक्तिले गरेको आगजनीका क्रममा प्रहरीले चलाएको गोली लागि तीनजनाको मृत्यु भएको छ ।

राज्य सरकारका दुई मन्त्री, ५ जना विधायक र स्थानीय सांसदको घरमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । एकजना व्यक्तिले भने आफैंलाई आगो लगाएको र पछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मन्त्री निवासमा आगजनी गरिएको समयमा मन्त्रीहरु भने निवासभित्र थिएनन् ।

चुडाचन्द्रपुर जिल्ला कुकी आदिवासी समुदायको बाहुल्य रहेको क्षेत्र हो । उनीहरु राज्य सरकारले पारित गरेको भूमि राजश्व विधेयकको विपक्षमा थिए । विधेयक पारित भएपछि अब गैरआदिवासीहरुले पनि आदिवासीहरुको जमिन खरिद गर्न सक्ने छन् ।

यस्तै, अरु राज्यमा जानका लागि प्रदेश सरकारको स्वीकृति लिनु पर्ने ‘इनर लाइन परमिट’ विधयेकको पनि विरोध भएको थियो । मन्त्री र सांसदहरुले यस्ता प्रावधान समावेश गरिएका विधेयक पारित हुन दिएको भन्दै कुकी समुदाय असन्तुष्ट रहेको बताइन्छ । (एजेन्सी)

0 comments:

Post a Comment