Tuesday, August 11, 2015

आमा बन्दै रानी!


बलिउडको ठूलो फिल्म कम्पनी यशराज फिल्म्सका मालिक एवं फिल्म निर्देशक आदित्य चोपडासँग गत वर्ष मात्र वैवाहिक बन्धनमा बाँधिएकी रानी मुखर्जी आमा बन्न लागेको खबर बाहिरिएको छ। एक भारतीय सञ्चारमाध्यमका नुसार उनी हाल लण्डनमा छिन् र ‘प्रि–नेटल’ मसाज लिइरहेकी छिन्। आदित्य र रानी, दुवैतर्फका परिवारले यस सम्बन्धमा मुख खोलिसकेका छैनन्। ‘प्रि–नेटल’ मसाज गर्भवती महिलाहरुले मात्र प्रयोग गर्ने भएकाले रानी गर्भवती छिन् भन्ने आँकलन गरिएको हो। यो मसाजले गर्भवतीको मांसपेशीहरुलाई तन्दुरुस्त बनाउनुको साथै आराम दिने गर्छ। सन् १९९७ मा ‘कुछ कुछ होता है’ बाट बलिउडमा डेब्यु गरेकी रानीको पछिल्लो समय ‘मर्दानी’ रिलिज भएको थियो । त्यसयता उनी फिल्म क्षेत्रमा खास सक्रिय देखिएकी छैनन्


0 comments:

Post a Comment