महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरेसँग सलमानको केही समयअघि गहिरो मित्रता थियो। उनै ठाकरेले सलमान खानलाई ‘दिमाग नभएको मान्छे’ को संज्ञा दिएका छन्। मुम्बई बम आक्रमणका दोषि याकुब मेमनलाई फाँसी दिनुअघि सलमानले ट्विटरमा याकुब नभई उनका दाई टाइगर दोषि भएकाले याकुबलाई फाँसी दिन नहुने बिचार राखेका थिए। सलमानको सो बिचारपछि धेरै मानिस उनका बिरुद्धमा उत्रिएका थिए। हाल शिवसेनाका बाल ठाकरेका भतिज राज ठाकरे पनि सलमानको कडा निन्दा गर्ने मध्येमा थपिएका छन्। राज ठाकरेले भनेका छन्,‘सलमान दिमाग बिनाका मान्छे हुन्, जबकि उनका पिता आदरणीय मानिस हुन् । उनी पत्रपत्रिका पढ्दैनन्, कानुन जान्दैनन् तर, याकुबका बारेमा जानेझैं समर्थनमा ट्विटमा उत्रिन्छन्। सलमानका अलावा ती गद्दारहरु पनि छन् जो दयाको भिख माग्दै राष्ट्रपतिलाई चिठि पठाउँछन्। सर्वोच्च अदालतको आदेशमा कसैले प्रश्न उठाउँछ कसरी?’ ठाकरेका अनुसार याकुब एक आतंकवादी नै हुन् तर, राज्यले उनको फाँसीलाई नाटक बनायो।
0 comments:
Post a Comment