Tuesday, September 15, 2015

पशुपतिमा बिहानैदेखि व्रतालु महिलाको भीड



काठमाडौँ, ३० भदौ । हरितालिका तीज पर्वको उपलक्ष्यमा व्रत बसेका व्रतालु महिला पूजाआजा एवम् दर्शनका लागि बुधबार बिहानैदेखि पशुपति मन्दिरमा भेला भएका छन् ।

व्रतालु महिलाका लागि व्यवस्थित ढङ्गले दर्शन गराउन तीनतिरबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।

तीनवटै लाइन भीड र लामो भए पनि आधा घन्टाभित्र दर्शनार्थीले पूजा एवम् दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको हरितालिका तीज व्यवस्थापन समितिका संयोजक एवम् कोषकी सदस्य बबिता पौडेलले बताए ।



0 comments:

Post a Comment