अभिनेत्री तथा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नी श्वेता खड्काले जीवनभर अर्को बिहे नगर्ने प्रण गरेकी छन्। श्रीकृष्णको निधनको वार्षिकीको अवसरमा सोमबार प्रकाशित पुस्तकमा श्वेताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। उनी भन्छिन्, ‘म हजुरकै श्रीमती भएर जीवनभर बस्नेछु भनेर रोएकी थिएँ। त्यो बेलामा यहाँ पनि रुनुभएको थियो। यसले गर्दा अब श्वेताले फेरि बिहे गर्छे वा गर्दिन भन्ने धेरैमा खुल्दुली लागिरहेको हुनुपर्छ।’ श्वेता अगाडि भन्छिन्, ‘म सबैलाई स्पष्ट गर्न चाहन्छु, म मेरो श्री हजुरको बाहेक अरु कसैको हुन सक्दिनँ। बाँचुन्जेल मैले अर्को बिहे गर्दिनँ। यो मेरो कसम हो। श्री हजुरप्रतिको मेरो समर्पण र सच्चा श्रद्धान्जली पनि यही नै हुनेछ भन्ने मैले ठानेको छु।’ प्रेमलाल श्रेष्ठ, श्याम स्मृत र श्वेताले मिलेर लेखेको पुस्तकको ४८ पृष्ठमा यस्तो अभिव्यक्ति उल्लेख छ। पुस्तकको नाम ‘अमर नायकको सम्झनामा’ राखिएको छ। निधनको वार्षिकी समारोहमा संचारमन्त्री मीनेन्द्र रिजालले श्रीकृष्णको योगदानको चर्चा गरे।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment