6:54 AM
Radio Aaha
अबुजा, २७ साउन – नाइजेरियाको उत्तरपश्चिमी भागमा पर्ने बोर्नो राज्यको दम्बोआ जिल्लामा मङ्गलबार भएको एक विस्फोटनमा परीकम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । सुरक्षा र स्थानीय स्रोतले दिएको जानकारीअनुसार शक्तिशाली बम विस्फोटबाट सो क्षेत्रमा ठूलो सङ्ख्याका नागरिक मारिएका छन् । सोबोनगरी समूदायमा अपराह्नमा भएको सो विस्फोटनमा परी ४० भन्दा बढी घाइते भएका स्थानीय सुरक्षास्रोतले जानकारी दिएको छ । बोर्ना राज्यको बजार क्षेत्रमा नै सो बम विस्फोटको योजना बनाइएको र व्यस्त इलाका हेरेर सो विस्फोट गरिएको बताइएको छ । यस शक्तिशाली आक्रमणको हालसम्म कुनै आतङ्ककारी समूहले जिम्मा लिएको छैन ।तर नाइजेरियामा यस प्रकारको आतङ्ककारी आक्रमण बोको हराम आतङ्ककारी समूहले गराउँदै आएको हुनाले यो आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।
गत आइतबार पनि बोको हराम आतङ्ककारी समूहले दम्बोओ सडकमा गरेको एक बम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृृत्यु भएको थियो । नाइजेरियामा बोको हराम आतङ्ककारी समूहले सन् २००९ बाट सुरु गरेको आतङ्कमा परी हजारौं व्यक्ति मारिएका छन । गत मे महिना नाइजेरियाको राष्ट्रपति पदमा मोहमद बुहारी आउनु भएपछि ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment