अखण्ड मध्यपश्चिम र संघिय राजधानी सुर्खेतलार्इ बनाइनु पर्ने भन्दै सुर्खेतको विरेन्द्रनगरमा चलेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा थप दुई जना आन्दोलकारीको ज्यान गएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर ४ मा बस्ने टिकाराम गौतम र अर्का एकजना यम बहादुर बिसिको परिचय खुलेको छ भने, अर्का आन्दोलनकारिको परिचय खुल्न सकेको छैन । त्यस्तै आधा दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।
चार जना आन्दोलनकारीको छातिमा गोली लागेको छ भने, अरू पनि केही सामान्य घाइते भएका छन् । बिहानै देखी आन्दोलनकारीले तोडफोड, ढुंगामुढा र आगजनी गरिरहेका थिए । आन्दोलनकारीले कंग्रेसका सह–महामन्त्री पुर्णबहादुर खडकाको घरमा र सुर्खेतका प्रहरी प्रमुखको गाडी समेत जलाई दिएका छन् । दुर्इ जना मृतकको पुष्टि भएपनि एकजना नाम नखुलेका व्यक्तीको भने कतैबाट पुष्टी हुन सकेको छैन । तर आन्दोलनकारीहरू भित्र भने तिन जनको ज्यान गएको बताइएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment