काठमाडौं, भदौ ३१ - संविधानको परिमार्जित विधेयकको सबै धारा बुधबार पारित गर्ने तयारी भैरहेको छ । बुधबार बैठकको सुरुमै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले तीजको शुभकामना दिँदै सबै धारा पारित गर्न प्रयास गरिने जानकारी दिनुभएको थियो ।
बुधबार पारित भएका धारा १८१ र धारा २०३ तीन दलको संयुक्त संशोधन प्रस्तावसहित पारित भएको छ । अरु धाराहरुमा संशोधन परे पनि बहुमतले अस्वीकार गरेको छ । बाँकी धारा पारित गर्ने क्रम अहिले पनि चलिरहेको छ ।
विधेयकको हरेक धारालाई ध्वनि मतका धारामा पारित गरे पनि सिंगै संविधान भने लिखित मत विभाजनबाट गर्नुपर्ने व्यवस्था छ । संविधान पारित हुन दुई तिहाई सभासदको समर्थन चाहिन्छ ।
0 comments:
Post a Comment