१३ बर्षीय बालकलाई ट्रयाकटरले किचेको अभियोगमा प्रहरीले भिम प्रसाद गोजालाई ३१ बर्षपछि बिहीबार पक्राउ गरेको छ। गोजाले चलाएको ट्याकटरले २०४१ साल जेठ ३१ गते तत्कालीन भक्तपुर नगरपञ्चायत-३मा पर्ने गरुड कुण्डलमा तेज कुमार कोजुको १३ बर्षिय छोरा कृष्ण गोपाल कोजुलाई किच्याएको थियो। गोपाल कोजुको घटनास्थलमा नै मृत्यु भएको थियो । अभियुक्त गोजालाई फैसलाका लागि भक्तपुर जिल्ला अदालतमा बिहीबार नै पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले जनाएको छ । जिल्ला अदालत, भक्तपुरले २०४२ साउन १० मा उनीविरुद्ध २ बर्ष कैद सहित एक हजार जरिवाना, दुई हजार काजकिरिया खर्च भराउने फैसला गरेको थियो । यसको दुई बर्षपछि २०४४ साउन १७ गते मध्यक्षेत्रिय अदालतले बदर गरी पुन: निसाफका लागि सम्बन्धित अदालतमै फर्काएको थियो । वि.सं. २०६०फागुन ११मा जिल्ला अदालत भक्तपुरले आफ्नो पुरानो फैसललाई नै सदर गरेको थियो। घटनाको ३१ बर्ष र अदालतको पछिल्लो आदेशको ११ बर्ष भन्दा बढि समयपछि उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment