Friday, July 31, 2015

नम्रताको राजनीतिक कुरा


काठमाडौ, श्रावण १५ - नयाँ संविधानको मस्यौदा नेपाली चलचित्र उद्योगका लागि उल्लेखनीय व्यवस्था नगरिएकामा चलचित्रकर्मीहरू असन्तुष्ट हुनु स्वभाविक हो । अग्रज कलाकारहरूले संविधानमै नेपाली चलचित्रका लागि केही व्यवस्था गरिनुपर्ने माग गरिरहेका छन् । अभिनेत्री नम्रता श्रेष्ठले भने उनीहरूभन्दा एक कदम अघि बढेर मस्यौदाका लागि राजनैतिक सुझाव दिएकी छिन् । काठमाडौंका विभिन्न १० स्थानमा आयोजित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर संकलन अभियानमा नम्रताले आफ्नो उपस्थिति जनाएकी छिन् । सामाजिक सञ्जालबाट समेत नम्रताले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्ना धारणा प्रस्तुत गरिरहेकी छिन् । नम्रताले आफ्नो स्टाटसमा लेखेकी छिन्- ‘यदि तपार्इं राम्रो सोच भएको नेतृत्व आफैंले चुन्न पाउने कुरामा सहमत हुनुहुन्छ भने यो अभियानमा सहभागी हुनुहोस् ।’ -साप्ताहिकबाट

0 comments:

Post a Comment